
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने भएको हो ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा १५–१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ । स्थायी कमिटी बैठक सोमबार पनि बस्ने तय भएको छ ।
तामाङका अनुसार स्थायी कमिटी बैठक अगाडि संविधान दिवसबारे कार्यक्रम हुने भएको छ ।
प्रतिक्रिया