
काठमाडौं। नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका मेटमणि चौधरी चयन हुनुभएको छ ।
शुक्रवार बसेको पहिलो प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।
बैठकले प्रदेश कमिटीको सचिवमा रूपन्देहीका राजु गुरुङलाई चयन गरेको छ । भागवत विश्वासीलाई पार्टी केन्द्रले प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी दिएको छ ।
अध्यक्षमा चयन भएपछि चौधरीले आगामी निर्वाचनबाट एकीकृत समाजवादीलाई ठूलो दल बनाउने बताउनुभयो । बताए । उहँले आवश्यकता अनुसार अन्य दलसँग मिलेर निर्वाचनमा जाने पनि प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया