Pura Samachar

करेन्ट लागेर २२ वर्षीया युवतीकाे ज्यान गयाे

प्रकाशित: September 19, 2021

करेन्ट लागेर २२ वर्षीया युवतीकाे ज्यान गयाे

दाङ ।दङ्गीशरण गाउँपालिका–७ बुटनियामा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ । करेन्ट लागेर २२ वर्षीया युवती प्रमिला चौधरी ज्यान गएको हो।

घरमा पानी मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

चौधरीलाई आइतवार बिहान करेन्ट लागेको प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया