Pura Samachar

एमाले स्थायी कमिटी बैठक बस्दै

प्रकाशित: September 20, 2021

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे बस्ने एमाले संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाँडिएको थियो । पार्टीको सांगठनिक, राजनीतिकलगायत दस्तावेज बाँडिएको हो ।

केही स्थायी कमिटी सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आइतबार नै आफ्ना सुझाव दिएका थिए । आज बाँकी सदस्यहरूले सुझाव दिएपछि त्यसलाई पारित गरिने छ ।

यही असोज १५ देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन हुँदै छ ।

प्रतिक्रिया