Pura Samachar

त्रिफलाको अंतराष्ट्रीय पहल

प्रकाशित: September 20, 2021

त्रिफलाको अंतराष्ट्रीय पहल

डा. हरिमोहन पोखरेल

 

 

कोहिमा /त्रिफला राष्ट्रिय पुस्तकालयका भारतमा चालीस जना संस्थापक सदस्य र एकसय पाॅच आजीवन सदस्य रहेर पनि अझै म्यानमारतिर पनि आजीवन सदस्य बनाउने कुरा जारी रहेको कुरा त्रिफला राष्ट्रिय पुस्तकालयका अंतरराष्ट्रीय संयोजक लेखक टीका ढुङ्गेलजी पूरा समाचारलाई बताएका छन ।
यसका साथै पुस्तकालय द्वारा त्रिफला दर्पण पत्रिका पनि प्रकाशित गर्दै गरेको र यसको 24 औं पुष्प प्रकाशित भएको कुरा पनि उनले बताए ।
यसका साथै सिक्किमको साङ -छलमथाङ गाउँमा कार्यालय स्थापना गरिने छ र यसको काम जारी राखिने कुरा पनि पूरा समाचारलाई बताए ।
हेर्दै जाऔ भविष्यमा त्रिफलाको अंतराष्ट्रीय पहलले अवश्य पनि सफलता पाउने छ ।

प्रतिक्रिया