Pura Samachar

अवरूद्ध संसद खुलाउन एमालेसँग वार्ता जारी छ : कानुन मन्त्री

प्रकाशित: September 20, 2021

अवरूद्ध संसद खुलाउन एमालेसँग वार्ता जारी छ : कानुन मन्त्री

काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदमा भएको अवरोधलाई सुचारु गर्नका लागि आफूले प्रमुख प्रतिपक्षी दलका नेतासँग सम्वाद गरिरहेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कार्कीले सरकारलाई प्रभावकारी रुपले चलाउने कर्तव्य सरकार र प्रतिपक्षी दुवैको भएको बताउनुभएकाे हाे ।

उहाँले एमालेबाट संसद खुलाउने भुमिकाको अपेक्षा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसदलाई सुचारु गर्नका निम्ति मैले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिराखेको छु । आज संसद सुचारु रुपले चल्ला भन्ने आशा लिएको थिएँ र म अहिलेपनि आशावादी छु । संसद सुचारु रुपले चल्नुपर्दछ ।’

संसदलाई प्रभावकारी रुपले चलाउने कर्तव्य सरकार पक्ष र विपक्ष दुइटैको कर्तव्य भएकाे बताउँदै कार्कीले भन्नुभयाे, ‘त्यो कर्तव्य सरकारको तर्फबाट जिम्मेवारीताका साथ बहन गर्दछ । एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट पनि हामी त्यसै किसिमको भुमिकाको अपेक्षा गरेका छौँ ।’

प्रतिक्रिया