Pura Samachar

सभामुखकाे कार्यशैली र एमालेप्रति गरिएकाे भेदभावका कारण संसदमा अवराेध: सचेतक भट्टराई

प्रकाशित: September 20, 2021

सभामुखकाे कार्यशैली र एमालेप्रति गरिएकाे भेदभावका कारण संसदमा अवराेध: सचेतक भट्टराई

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताउनुभयो ।

सोमवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने उहाँले बताउनुभएकाे हाे ।

संसदमा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने उहाँको भनाइ छ । बजेटबारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जर्बजस्ती रुपमा ल्याइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसदमा प्रस्तुत भएका बिजनेश वा एजेण्डाहरु प्रति भन्दापनि हाम्रो सभामुखको कार्यशैली र सभामुखले नेकपा (एमाले)प्रति गरेको विभेदको कारणले गर्दा हामी अहिले संसदमा आन्दोलनमा छौँ । उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म, त्यो घटनामा नेकपा (एमाले)लाई गरेको अन्यायमा उहाँले जबसम्म न्याय गर्नुहुन्न तबसम्म हाम्रो यो आन्दोलन जारी नै रहन्छ।’

सांकेतिक रुपमा नेकपा(एमाले)ले आफूमाथि भएको विभेद र सभामुख जस्तो जिम्मेवार व्यक्तिले गरेको गैरजिम्मेवार व्यवहारका विरुद्ध सांकेतिक रुपमा विरोध गरेकाे उहाँकाे भनाइ थियाे ।

प्रतिक्रिया