Pura Samachar

नेपाली क्रिकेट टोली स्वदेश फर्किए

प्रकाशित: September 21, 2021

नेपाली क्रिकेट टोली स्वदेश फर्किए

काठमाडौं । ओमनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा सहभागिता जनाएर नेपाल आज बिहान स्वदेश फर्किएको हो ।

टोलीलाई क्यानका सदस्य छुम्बी लामाले स्वागत गरेका छन् । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर भने त्यतैबाट भारत प्रस्थान गरेका छन् ।

नेपालले लिग–२ अन्तर्गत भएका चार खेल मध्य दुई खेलमा जित निकालेको थियो । पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमनसँग ५ विकेटले पराजित भएको थियो ।

नेपाल तेस्रो खेलमा भने अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । अन्तिम खेलमा भने नेपालले ओमानमथि ७ विकेटको जित निकालेको हो ।

प्रतिक्रिया