Pura Samachar

४० किलो चाँदीसहित रौतहटबाट एकजना पक्राउ

प्रकाशित: September 21, 2021

४० किलो चाँदीसहित रौतहटबाट एकजना पक्राउ

रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी छन् ।

काठमाडौँबाट रात्रि बसमा गएका माझीलाई पक्रेर थप अनुसन्धान सुरु गरिएको रौतहटका एसपी विनोद घिमिरेले रातोपाटीलाई बताए । गौरस्थित नयाँ बसपार्कमा प्रहरीले चेकजाँच गर्दा उनको साथमा ४० केजी चाँदी फेला परेको थियो ।

प्रतिक्रिया