Pura Samachar

सबै तहको नेतृत्व निर्वाचनबाट चयन हुने

प्रकाशित: September 21, 2021

सबै तहको नेतृत्व निर्वाचनबाट चयन हुने

नेकपा माओवादी केन्द्रलेसबै तहको नेतृत्व निर्वाचनबाट नै चयन गर्ने भएको छ । वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी माओवादी केन्द्रले कार्यविधि बनाएको हो ।

तल्ला कमिटीहरुका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ।

वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी माओवादीले गरेको हो ।

प्रतिक्रिया