
काठमाडौ । नेपालमा थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गत चौबीस घन्टामा ९ हजार ६२६ पीसीआर तथा ३ हजार ९९६ एन्टिजेन परीक्षण भएकोमा थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ४०२ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा काठमाडौमा २६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै मंगलबार १ हजार ८३० कोरोना संक्रमणमुक्त भएका छन्।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ।
हाल देशभर २१ हजार ५२४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ
प्रतिक्रिया