
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज बस्दैछ । आज दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो । बैठक महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने बताइएको छ ।
प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १ बजे पौडेल पक्षको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री देउवाले डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएपछि पौडेल पक्ष आन्तरिक छलफल गर्दै छ । यसअघि पनि देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएकोमा पौडेल पक्ष असन्तुष्ट देखिएको थियो ।
प्रतिक्रिया