Pura Samachar

हेमंत गिरि सिकिस्त अवस्थामा

प्रकाशित: September 22, 2021

हेमंत गिरि सिकिस्त अवस्थामा

 

 

 

कोहिमा /सिक्किम राज्यबाट प्रकाशित नेपाली साप्ताहिक समाचार पत्र मिरमिरे कञ्चनजङ्घाका संस्थापक संपादक श्री हेमंत गिरि जी एकदमै सिकिस्त अवस्था रहेर सिक्किमको एस एन टी एल अस्पतालको आई सी यूमा रहेको कुरा पूरा समाचारलाई प्राप्त भएको छ ।
त्रिफला राष्ट्रिय पुस्तकालयका अंतरराष्ट्रीय संयोजक टीका ढुङ्गेलजीबाट प्राप्त समाचार अनुसार गिरिजी गतः केही महिना अगाडिबाट मधुमेह तथा अन्य विभिन्न बिरामीले ग्रस्त पारे पश्चात उक्त अस्पतालमा भर्ती भएको कुरा प्रकाशमा आएको छ ।
गतः एक दशक भन्दा अगाडि देखि पत्रकारितामा सक्रिय रहेका गिरिजी आफ्नै साप्ताहिक समाचार पत्रका संपादक र प्रकाशक रहेका थिए ।
एकजना समाज र साहित्यको सेवामा अग्रसर रहेका गिरिजी त्रिफला राष्ट्रिय पुस्तकालयका आजीवन एवं संस्थापक सदस्य पनि रहेको कुरा पूरा समाचारले प्राप्त गरेको छ ।
सिक्किमको नेपाली साहित्य परिषद एवं विभिन्न संस्थाहरूमा संबद्ध रहेका गिरिजी आज सिकिस्त अवस्थामा आई सी यूमा रहनु समाजको लागि अति नै दुखको कुरा रहेको छ ।
वहाँको अतिशीघ्र स्वास्थ्य लाभको कामना त्रिफला राष्ट्रिय पुस्तकालयका प्रमुख प्रेम प्रकाश फलाहारी एवं अंतरराष्ट्रीय संयोजक लेखक टीका ढुङ्गेलजीले गरेका छन ।
स्मरण रहोस् मिरमिरे कञ्चनजङ्घा साप्ताहिक समाचार पत्रको मणिपुर संवाददाताको रूपमा पाॅच साल सम्म सेवा गर्ने मौका यो पङ्क्तिकारले पाएको थियो ।यो पङ्क्तिकार पनि गिरिजीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।

प्रतिक्रिया