Pura Samachar

आईएआईए अवार्डको ब्राण्ड एम्बेसडरमा डा. उपाध्याय

प्रकाशित: September 22, 2021

आईएआईए अवार्डको ब्राण्ड एम्बेसडरमा डा. उपाध्याय

काठमाडौं,
असोज ६ ।

अन्तर्राष्ट्रिय एचिभमेन्ट इन्डिया (आईएआईए) अवार्डको ब्राण्ड एम्बेसडरमा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायलाई चयन गरिएको छ । भारतका विभिन्न अवार्डमध्येयो अवार्ड प्रतिष्ठित रुपमा मानिन्छ । कला क्षेत्र र सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत विभिन्न व्यक्तिहरूलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरिन्छ ।

‘मलाई यो अवार्डको इन्टरनेशनल ब्राण्ड एम्बेसडरमा चयन गरिएको छ खुशी लागेको छ’, डा. उपाध्यायले भन्नुभयो । उहाँलाई केही समयअघि दादा साहेव फाल्के इन्टरनेशनल अवार्डको पनि इन्टरनेशन एम्बेसडरमा चयन गरिएको थियो ।

गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ५९ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २४ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीतलगायत बिभिन्न परिवेशका गीत छन् । उहाँका ११ उपन्यास र तीन गीतिपुस्तक पनि प्रकाशित छन् ।

प्रतिक्रिया