Pura Samachar

पछिल्लाे २४ घण्टामा १,६३० निकाे भए, १,४७८ जनामा संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु

प्रकाशित: September 22, 2021

पछिल्लाे २४ घण्टामा १,६३० निकाे भए, १,४७८ जनामा संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा  थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार देशभर  ११ हजार ७६ पीसीआर र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

यस्तै  पछिल्लाे २४ घण्टामा १ हजार ६३० जना निको भएकाे मन्त्रालयले जनाएकाे छ ।

याे अवधिमा थप संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएकाे छ ।

प्रतिक्रिया