Pura Samachar

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

प्रकाशित: September 22, 2021

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

गत वर्ष असारे धान लगाउनुपूर्व नै धानको समर्थन मूल्य तोकेको सरकारले यस वर्ष भने धान पाक्नै लाग्ला बल्ल मूलय तोकेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य २ हजार ७ सय ५२ रूपैयाँ र मध्यम किसिमको धानको मूल्य २ हजार ९ सय २ रुपैयाँ तोकेको छ ।

यस वर्ष तोकिएको धानको समर्थन मूल्य गत वर्षको भन्दा प्रति क्विन्टल १७ रूपैयाँले बढी भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया