
माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टीको महासचिव र चुनाव चिन्ह टुंगो लगाउने भएको छ ।
गत भदौ ९ गते निर्वाचन आयोगबाट आधिकारिक रुपमा पार्टीको मान्यता पाएपछि पहिलो पटक मंगलबारबाट जारी सो पार्टीको केन्द्रीय कमिटी बैठकले माहासचिव र चुनाव चिन्हसहित स्थायी कमिटी सदस्य, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको टुंगो लगाउन लागेको हो ।
एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने छ ।
यीमध्ये महासचिवको टुंगो लगाएर बैठक बिहीबारै समापन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।
बुधबारको बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेकाले आजको बैठकले महासचिवसहित नेताहरुको जिम्मेवारी तोक्ने तयारी भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया