Pura Samachar

समाजवादीको महासचिव बेदुराम भुसाल बन्ने

प्रकाशित: September 23, 2021

समाजवादीको महासचिव बेदुराम भुसाल बन्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महासचिव बेदुराम भुसाल बन्ने हुनुभएको छ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको हो ।

एकीकृत समाजवादीका एक नेताका अनुसार हिजो भुसाललाई महासचिव बनाउने सहमति जुटेको र आज बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा पेस गरी घोषणा गरिने छ।

महासचिवमा मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेललगायत नेताले पनि दाबी गरेका थिए।

प्रतिक्रिया