Pura Samachar

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

प्रकाशित: September 23, 2021

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

पार्टी सचिव शेरबहादुर तामाङका अनुसार शुक्रबारबाट केन्द्रीय कमिटी बैठक सुरू हुनेछ। शुक्रबार बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ।

विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको तामाङले बताए।

बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ। केन्द्रीय कमिटी बैठक शनिबारसम्म चल्ने पनि उनले बताए।

एमालेले यही असोज १५ देखि १७ गतेसम्म गोदावरीमा विधान महाधिवेशन गर्दैछ।

प्रतिक्रिया