Pura Samachar

२४ घण्टामा १ २३९ जनामा कोरोना संक्रमण, १३ जनाकाे मृत्यु

प्रकाशित: September 23, 2021

२४ घण्टामा १ २३९ जनामा कोरोना संक्रमण, १३ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९ सय ४१ र ३ हजार ६ सय  १४ एन्टिजेन परीक्षणमा २ सय ९८ जना गरी १ हजार २ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभरकाे तथ्पयाङ्कमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय २४ जना संक्रमणमुक्त भएका छन्  ।  नेपालमा  पछिल्लाे २४ घण्टामा एक लाख ३८ हजार ३८५ जनाले कोरोना विरुद्धको खोप लगाएकाे मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.० प्रतिशत रहेको  छ ।

हाल सक्रिय सङ्क्रमित २० हजार ७४३ जना रहेका छन् । पछिल्लाे २४ घण्टामा देशभर  १३ जना सङ्क्रमितको मृत्यु भएको भने  हालसम्म ११ हजार ७२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया