Pura Samachar

एकीकृत समाजवादीको ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन

प्रकाशित: September 23, 2021

एकीकृत समाजवादीको ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले  ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।

विहीवार सम्पन्न केन्द्रीय कमिटीको पहिलो बैठकले ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो कमिटी पनि गठन गरेको छ ।

यही असोज ५ गतेदेखि सुरु भएको बैठक विभिन्न निर्णय गर्दै बिहीबार सकिएको छ ।

बैठकले पार्टीमा सातजना उपाध्यक्षसहित विभिन्न पदाधिकारी समेत चयन गरेको छ । नेता बेदुराम भुसाल महासचिव बन्नुभएको छ । तीन उपमहासचिव र चार सचिव पनि चयन गरिएको छ ।

प्रतिक्रिया