Pura Samachar

राष्ट्रपति भण्डारीबाट विनियोजन विधेयक २०७८ प्रमाणिकरण

प्रकाशित: September 24, 2021

राष्ट्रपति भण्डारीबाट विनियोजन विधेयक २०७८ प्रमाणिकरण

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ लाई प्रमाणिकरण गर्नुभएको छ ।

प्रतिनिधिसभाबाट सभामुख अग्निप्रसाद सापकोटाले विहीवार प्रमाणित गरी पठाएको विनियोजन विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

विधेयक प्रमाणिकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ। अध्यादेशको अवधि निष्क्रिय भएपछि भदौ ३१ गतेदेखि सरकारले खर्च गर्न पाएको थिएन ।

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड को बजेट ल्याएको छ।

प्रतिक्रिया