Pura Samachar

राष्ट्रिय सभा बैठक आज बस्दै

प्रकाशित: September 24, 2021

राष्ट्रिय सभा बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दै छ । आज बिहान ११ बजे राष्ट्रिय सभा बैठक बस्ने भएको हो ।

आजको बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुने छ ।

प्रतिनिधि सभाबाट पारित भइसकेका यी दुवै विधेयक आज राष्ट्रिय सभा बैठकमा टेबुल गर्ने र त्यसपछि अर्को बैठकमा पारित गर्ने तयारी छ । दुवै विधेयक आउँदो सोमबार पारित गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया