Pura Samachar

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

प्रकाशित: September 24, 2021

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङ । कोसी लोकमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–२ मा यात्रुबहाक बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

बिहीबार साँझ को १ ख ७५४८ नम्बरको बसले ठक्कर दिँदा संखुवासभा घर भइ मोरङको बेलबारी नगरपालिका–८ मा बस्दै आएका ५१ वर्षीय देवेन्द्र पन्तको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार साइकलमा सडक पार गर्ने क्रममा बसले ठक्कर दिँदा पन्त गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा हिजै ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया