Pura Samachar

संवैधानिक इजलास सम्बन्धिको रिटमाथि आज सुनुवाइ हुने

प्रकाशित: September 24, 2021

संवैधानिक इजलास सम्बन्धिको रिटमाथि आज सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको मुद्दामा सुनुवाइ तोकेको छ ।

रिटमाथि न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र  मनोजकुमार शर्माको संयुक्त इजलास तोकिएको हो ।

भदौ १७ मा न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले संवैधानिक इजलासको सुनुवाइ रोक्ने र यसबारे राय लिनका लागि चार जना अदालतका सहयोगी (एमिकस क्युरी) झिकाउन अन्तरिम आदेश जारी गरेको थियो ।

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक इजलासबाट प्रधानन्यायाधीश अलग हुन नमिल्ने माग गर्दै अधिवक्ता डा.गणेश रेग्मीले रिट दायर गर्नु भएको थियो ।

प्रतिक्रिया