Pura Samachar

आलमले सर्वोच्चमा दायर गरेको रिट ‘हेर्न नमिल्ने’

प्रकाशित: September 24, 2021

आलमले सर्वोच्चमा दायर गरेको रिट ‘हेर्न नमिल्ने’

काठमाडौं ८ असोज । नेपाली कांग्रेसका निलम्बित सांसद नेता मोहम्मद आफताव आलमले धरौटीमा रिहा हुन माग गर्दै सर्वोच्च दायर गरेको रिट हेर्न नमिल्ने भएको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी आज शुकरुबारलाई तोकिएको पेशी अदालतले हेर्न नमिल्ने’ ठहर गरेको हो ।

जिउँदै मान्छेलाई इट्टाभट्टामा जलाएको अभियोगमा जेल परेका आलमले आफुलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने गरी तल्लो अदालतले गरेको फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

पटक पटक पेसी तोकिएपनि उनको रिटमाथि भने सुनुवाई भएको छैन ।

प्रतिक्रिया