Pura Samachar

होटेलको कोठाभित्र जर्मन नागरिक मृत भेटिए

प्रकाशित: September 24, 2021

होटेलको कोठाभित्र जर्मन नागरिक मृत भेटिए

काठमाडौंः ठमेलमा एक जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन्।

अन्दाजी ४० वर्षीय जर्मन नागरिक डेभिड मिट ज्याक बिहानी होटेलको कोठा भित्र मृत अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ। ४० वर्षीय डेभिड तीन महिना अघि टुरिस्ट भिसामा नेपाल आएको देखिएको छ।

२ सय १ नम्बर कोठामा उनी बेडमा मृत फेला परेपछि सोधपुछको लागि प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिएको छ। उनी यसबिचमा भारत, नेपालको पोखरा लगायत ठाउँमा पुगेको देखिएको छ। प्रहरीले जर्मन दूतावास मार्फत उनका आफन्तको खोजी गरिरहेको जानकारी दिएको छ।

मृतको शरीरमा कुनै चोटपटक देखिको छैन। पोस्टमार्टमको लागि अस्पताल लगिएको छ।

प्रतिक्रिया