
काठमाडौं। समाज कल्याण परिषद्का पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् ।
परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य सचिव पुस्कर खाती र कोषाध्यक्ष लोकनाथ सुवेदीले संयुक्त राजीनामा दिएका हुन् ।
यस्तै, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रम्हध्वज गुरुङ, मणिराम बञ्जाडे र संजयकुमार साहले बिहीबारै राजीनामा दिएको उपाध्यक्ष खतिवडाले जानकारी दिनुभयाे ।
उहाँहरूलाई एक वर्षअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।
प्रतिक्रिया