
काठमाण्डाैं । नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारी पक्राउ परेका हुन् ।
शुक्रबार संग्रहालय घुम्न छिरेका उनले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
उनले नारायणहिटी घुम्दै गर्दा अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच राखिएकाे सिसा फुटाएकोले पक्राउ गरेकाे बताइएकाे छ । हाल उनलाइ दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया