Pura Samachar

इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षाकाे व्यवस्था

प्रकाशित: September 24, 2021

इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षाकाे व्यवस्था

काठमाडौं । रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् ।

वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको आज (शुक्रवार) बसेको बैठकमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले  र वैदेशिक रोजगार विभागका महानिर्देशक  दीपक काफ्लेले सो जानकारी दिनुभएको हो ।

विभागले लिएको लिखित परीक्षामा ६ हजार ३१७  सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए । विभागले यही असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तवार्ता अवधिभरलाई अवसर दिइएको छ । छुटेका परीक्षार्थी आजसम्म आवेदन लिएर शनिबारसम्म अन्तरवार्तामा सहभागी हुन पाउने भएका हुन् ।

प्रतिक्रिया