Pura Samachar

चेकजाँच नहुँदा प्रदेश २ मा कोरोना महामारीको जोखिम बढ्दै

प्रकाशित: September 25, 2021

चेकजाँच नहुँदा प्रदेश २ मा कोरोना महामारीको जोखिम बढ्दै

काठमाडाैं । नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढ्नसक्ने आँकलन गरिएको छ । कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सिमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो ।

प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट विना चेकजाँच मानिसहरु आउने क्रम बढेपछि त्यसको जोखिम बढने खतरा रहेको बताउनुभयो । उहाँले बजारमा मास्क लगाउने, स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ ।

सीमानाकाहरु खुलेसँगै सहज रुपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढाउने बताउनुभयो । उहाँले सीमामा प्रभावकारी रुपमा हेल्थ डेस्क राखेर मात्रै खोल्दा जोखिम कम हुनसक्ने बताउनुभयो ।

निर्देशक झाले भन्नुभयो, ‘भारतबाट विना चेकजाँच मानिसहरु आउने क्रम बढेको छ, त्यसले कोरोना महामारीको जोखिम झनै बढाएको छ, बजारमा मास्क लगाउने,स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ, सीमा नाकाहरु खुलेसँगै सहज रुपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढाउँछ, सीमामा प्रभावकारी रुपमा हेल्थ डेस्क राखेर मात्रै खोल्दा जोखिम कम हुनसक्छ ।’

उहाँले चाड पर्वमा सतर्कता अपाउनुपर्ने आवश्यकता औल्याउँदै कोरोना महामारी कम भएपछि नेपाल सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमा नाका खुला गर्ने निर्णय गरेका थियो ।

प्रतिक्रिया