Pura Samachar

सर्वाधिक धनराशिको इपिएल टी–२० क्रिकेट प्रतियोगिता शनिवारदेखि शुरु हुँदै

प्रकाशित: September 25, 2021

सर्वाधिक धनराशिको इपिएल टी–२० क्रिकेट प्रतियोगिता शनिवारदेखि शुरु हुँदै

काठमाडौं । घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगिताकै सर्वाधिक धनराशि भएको एभेरस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुँदै छ ।

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियुमा चौथो संस्करणको इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा पाँच दिन दुई खेल हुनेछन् । शनिबारकोे उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्र्स र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुनेछ ।

राउन्ड रोविन लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ । यो खेलबाट पराजित भएको टोली र चौथो स्थानमा रहेको बीच खेल हुनेछ । यस खेलको विजेताले फाइनल स्थान बनाउनेछ । यसपटकको इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपिएलले जनाएको छ । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको यो पहिलोपटक हो ।

प्रतिक्रिया