
काठमाडौं । पूर्वअर्थमन्त्री स्व.भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी नेकपा एकीकृत समाजवादीमा खुलेकी छन् ।
पार्टीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघको अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
योसँगै अब लीमा राजनीतिमा सक्रिय हुने भएकी छन् । उनले आफ्ना बुबा र ठूलोबुबा मनमोहन अधिकारीले राजनीतिबाट गर्न खोजेको परिवर्तनलाई अब आफूले सार्थकता दिन सक्रिय राजनीति गर्ने बताइन् । राजनीतिमा युवाहरूको आवश्यकतालाई बुझेर पनि राजनीतिमा सक्रिय हुने सोच बनाएको लीमाको भनाइ छ ।
प्रतिक्रिया