
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १० हजार ५ सय ७९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ९ सय ५३ जनामा काेराेना संक्रमण भएकाे हाे ।
नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ७ सय रहेको छ । पछल्लाे २४ घण्टामा एक हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, आज थप ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ, हालसम्म नेपालमा काेराेनाका कारण ११ हजार ८७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २ लाख १६ हजार ७ सय २५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया