Pura Samachar

टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै

प्रकाशित: September 26, 2021

टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । काठमाडौंमा जारी चौंथो एभरेष्ट प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स भिड्ने छन् । विराटनगर र चितवनबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र पोखराबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ । हिजो उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको छ ।

प्रतिक्रिया