
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालय प्रमुखमा राजेन्द्र गुरुङ तोकिनु भएकाे छ । ध्रुव बहादुर प्रधानको ठाउँमा गुरुङलाई सचिवालय प्रमुख तोकिएको हो ।
प्रधान काम विशेषले विदेश गएको र सो पदमा गुरुङलाई चयन गरेको राप्रपा केन्द्रीय कार्यालयले जनाएकाे छ । राप्रपाकाे सचिवालय प्रमुख २ जना रहने व्यवस्था उनुसार उहाँलाइ सचिवालय प्रमुख ताेकीएकाे बताइएकाे छ । पार्टीकाे अर्काे सचिवालय प्रमुख भास्कर भद्रा रहनु भएकाे छ ।
गुरुङलाई भद्रासँग समन्वय गरेर कार्य गर्न निर्देशन दिइएको छ । अध्यक्ष पशुपति शेम्शेर जवरा, डा. प्रकाशचन्द्र लोहोनी र कमल थापाले सामुहिक हस्ताक्षर गरेर एक साता अघि गुरुङलाई जिम्मेवारी दिनु भएकाे हाे । राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य गुरुङ ओखलढुंगा निवासी हुनु हाे ।
उहाँले पार्टीले दिएकाे जिम्वेवारी पुरा गर्ने बताउँदै हाल पार्टी महाधिवेशनमा हाेमीएकाेले अहिले सम्म ३५ जिल्लामा पार्टीकाे महाधिवेशन सकिएकाे बताउनु भयाे । गुरुङ राप्रपाका प्रचार विभाग प्रमुख र प्रबक्तासमेत रहनु भएकाे छ ।
प्रतिक्रिया