
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकबारे जानकारी दिइएको छ ।
सोमवार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको दुवै सदनबाट पारित भई विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको सन्देश पढेर सुनाउनुभएको थियो ।
त्यस्तै राष्ट्रियसभाबाट सुझावसहित पारित भई आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभामा फिर्ता भइ आएको सन्देश पनि सभामुखले पढेर सुनाउनुभएको थियो ।
सोमवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले नाराबाजीसहि वेल घेराउ गरेका थिए । विरोधकैबीच सभामुख सापकोटाले सन्देश पढेर सुनाउनुभएको हो ।
त्यसलगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक असोज १४ विहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराउनुभयो ।
प्रतिक्रिया