Pura Samachar

तीनवटा विधेयकलाई संसदमा दर्ता गर्न मन्त्रिपरिषद्को स्वीकृति

प्रकाशित: September 28, 2021

तीनवटा विधेयकलाई संसदमा दर्ता गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । मन्त्रिपरिषद् बैठकले तीनवटा विधेयकलाई संसदमा दर्ता गर्न स्वीकृति दिएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको पद तथा गोपनियता सम्बन्धी विधेयक, तेजाव नियमन सम्बन्धी विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी ऐन संशोधन सम्बन्धी विधेयक दर्ता गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदले विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको अध्यक्ष नियुक्त गरेको छ।

यस्तै बैठकले समाज कल्याण परिषदका पदाधिकारीको राजीनामा पनि स्वीकृत गरेको छ । परिषदका उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खाती र सदस्यहरू मणिराम वन्जाडे, गोविन्द शाही, नानीमाया थापा, ब्रम्हध्वोज गुरुङ र सुशील ज्ञवालीले शुक्रबार राजीनामा थिएका थिए।

बैठकले विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरिएको कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया