
सत्ता गठबन्धन आबद्ध दलहरूबीच भएको सहमतिअनुसार नेपाली कांग्रेसको भागमा सात मन्त्रालय परेको छ ।
कांग्रेसबाट हाल सरकारमा गृहमन्त्री बालकृष्ण खाँण,कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा नारायण खड्कासँगै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जिम्मेवारी पाइसक्नुभएको छ ।
अब कांग्रेसको भागमा तीन फुल मन्त्री बाँकी छ । जसमा कांग्रेसभित्रको रामचन्द्र पौडेल समूहबाट दिलेन्द्र बडु मन्त्री बन्ने पक्का जस्तै छ ।
यस्तै, सो समूहबाटै कांग्रेस महामन्त्री रहेका डा शशांक कोइरालानिकट नेता डा मीनेन्द्र रिजाललाई पनि मन्त्री बनाइँदै छ ।
यसैगरी, कांग्रेसभित्रको कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारबाट नेता भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् ।
यस्तै, प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका श्रेष्ठलाई राज्यमन्त्रीकै जिम्मेवारीमा राखे सो समूहबाट पुष्पा भुषालको पनि मन्त्री बन्ने सम्भावना छ ।
प्रतिक्रिया