Pura Samachar

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंमाथि पुनः आक्रमण

प्रकाशित: September 29, 2021

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंमाथि पुनः आक्रमण

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंमाथि पुनः आक्रमण भएको छ ।

रेस्टुरेन्ट फेयर भिजिटमा जाने क्रममा राष्ट्रपति म्याक्रोंमाथि अन्डा प्रहार भएको हो । फ्रान्समा आक्रोशित प्रदर्शनकारीहरूले राजनीतिज्ञहरूमाथि अन्डा प्रहार गर्ने भनेको सामान्य भइसकेको छ । यसबाट म्याक्रो पनि अपवाद रहन सकेनन् । उनलाई हिर्काइएको अन्डा उनको काँधमा परे पनि नफुटिकनै तल झरेको थियो ।

सोमबार दक्षिण पूर्वी शहर लियोनमा आयोजित होटेल व्यापार मेलामा सहभागी हुने क्रममा राष्ट्रपति म्याक्रोंमाथि आक्रमण भएको हो । एउटा रेस्टुरेन्टमा भएको आक्रमणका आक्रमणकारीलाई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएर कोठा बाहिर लगेका थिए । तर, इन्टरनेसनल क्याटरिङ, होटेल एन्ड फुड ट्रेड फेयर ( एसआईआरएचए) मा भएको उक्त घटनालगत्तै म्याक्रोंले भनेका थिए – ‘यदि उनलाई मलाई केही भन्नु छ भने, उनलाई मेरो सामु आउन दिनु । म पछि उनलाई आफैं गएर भेट्छु ।’

सन् २०१७ मा राष्ट्रपतीय उम्मेदवार मात्र रहेका बेला पनि उनीमाथि अन्डा प्रहार भएको थियो । राजधानी पेरिसमा आयोजित राष्ट्रिय कृषि मेलामा सहभागी भइरहेका बेला उनलाई हानिएको अन्डा उनको टाउकोमा लागेर फुटेको थियो ।

प्रतिक्रिया