
डा. हरिमोहन पोखरेल
नागालैंड विश्वविद्यालय हिंदी प्रकोष्ठ द्वारा गतः 14 सितंबरबाट आरंभ भएर विविध प्रकारका कार्यक्रमहरू मनाउदै हिजो 28 सितंबरको दिन विश्वविद्यालय परिसरमा पंद्रह दिने हिंदी पखवाड़ा 2021 समापन भएको समाचार पूरा समाचारलाई प्राप्त भएको छ ।
हिंदी प्रकोष्ठ द्वारा जारी प्रेस विज्ञप्ति अनुसार समापन समारोहमा विश्वविद्यालयका उपकुलपति प्रो परदेशीलाल मुख्य अतिथिको रूपमा रहेको र प्रो अरूण कुमार सिंह, प्रो. मिथिलेश कुमार सिन्हा तथा श्री उत्पल दुरवाहजी क्रमशः सम्मानित अतिथिहरू तथा डा. पल्लवी प्रकाश मुबंई र डा. अनुज कुमार विशिष्ट अतिथि एवं आमंत्रित अतिथिको रूपमा उपस्थित थिए ।

गुगल मीटको माध्यमबाट संपन्न भएको सो समापन समारोहमा बोल्दै प्रो परदेशीलालले भने कि हिदी भाषाको विकासको लागि जीवनमा जुनुन र जज्बात हुनु अति नै आवश्यक छ ।
वहाँले अगाडि भने कि हामी सर्वप्रथम आफ्नी आमाबाट भाषाको सिक्ने गर्छौ ।हिदी भाषाको प्रचार -प्रसार विश्वविद्यालय आफ्नो चरणबद्ध तरीका संग कटिबद्ध छ ।जुन रूपले आज हिन्दीको विकास भएको छ ।यो रूपलाई अझै स्तरीय र गुणस्तरमा लैजानुपर्ने आजको समयको माॅग छ ।
विशिष्ट अतिथिको आसनबाट बोल्दै डा पल्लवी प्रकाश मुबईले भनिन कि हिन्दीको प्रचार -प्रसारमा आज जुन तकनीकीको प्रयोग भई रहेको छ ।त्यो अनुकरणीय छ ।
सम्मानित अतिथिको आसनबाट बोल्दै प्रो अरूण कुमार एवं श्री उत्पल दुरवाहजी भने कि हिन्दी भाषालाई व्यवहारमा ल्याउनु अति नै आवश्यक छ ।जति हामीले आफ्नो भाषालाई प्रयोगमा ल्याउने गर्छौ साथै पूर्वाञ्चल भारतमा आज टी वी सिरियलले जसरी हिन्दी सिकाउने काम गरेको छ ।त्यसको भूमिकालाई नकारात्मक रूपमा लिन सकिन्न ।हिन्दीको प्रचार र प्रसारमा पनि सिरियलहरूको भूमिका अति नै विशिष्ट श्रेणीमा रहेका कुरा पाॅच उनले थपे ।
कार्यक्रमको कुशल संचालन एवं धन्यवाद ज्ञापन आशीष कुमार हिदी अधिकारीले गरेका थिए ।
स्मरण रहोस हिंदी पखवाड़ा प्रत्येक वर्ष सितंबर चौदहबाट आरंभ भएर अठाइस सितंबरमा संपन्न हुन्छ ।यो पखवाड़ा सन 1949 मा जब संविधान सभाले हिन्दीलाई राज्यको राजभाषाको रूपमा स्वीकार गरेको थियो ।तर, बिडम्बना आज सम्म हिंदीले राष्ट्रभाषाको रूपमा मान्यता नपाउनुमा छ ।आउने भविष्यमा चाँडै नै हिंदीले राष्ट्रभाषाको दर्जा पाउछ भन्ने आशा र विश्वास राखिन्छ ।तब सम्म त इंतजार गर्नु नै पर्यो ।
प्रतिक्रिया