
काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर १ हजार १५७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार १४ हजार ५४१ नमूना परीक्षणमा १ हजार १५७ जनामा काेराेना पुष्टि भएकाे हाे ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ३७३ पुगेको छ ।
मन्त्रालयका अनुसार यही अवधिमा १ हजार ११३ संक्रमित निकाे भएका छन् ।
यस्तै विगत २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन् ।
संक्रमितमध्ये हालसम्म ७ लाख ६४ हजार ८४७ जना निको भएका छन् । हाल निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।
हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया