Pura Samachar

माधवकुमार नेपाल अस्पताल भर्ना

प्रकाशित: September 30, 2021

माधवकुमार नेपाल अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ ।

ज्वरो र खोकीको समस्या देखिएपछि उहाँ बुधवार साँझ अस्पताल भर्ना हुनुभएको उहाँको सचिवालयले जानकारी गराएको छ । उहॅाको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको बताइएको छ ।

उहॅाको उपचारमा शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दास सहितको टोली संलग्न रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया