
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेले प्रधानमन्त्रीले एमालेसँग ‘वान टू वान’ वार्ता गरे मात्रै संसदको गतिरोध अन्त्य गर्ने जनाएको छ । एकीकृत समाजवादीविनाको सर्वदलीय वैठक भए मात्रै वार्ता र सम्वादमा बस्ने र संसदकाे गतिराेध अन्त्य हुने बताएकाे हाे ।
संसदको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताउनुभएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले आफूहरूले उठान गरेका मुद्दामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसँँग मात्र सिधै छलफल गर्नुपर्ने बताउनुभएको हो ।
अरू सत्ता गठबन्धन दलसँग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने उहाँको भनाइ छ ।
एमाले संवादमा विश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको एमाले नेता खगराज अधिकारीले बताउनुभयो । नेकपा (एकिकृत समावादी) पार्टी विना प्रधानमन्त्रीले बताए मात्रै वार्तामा बस्ने नेता अधिकारीको भनाइ छ ।
यता सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको बताउनुभएको छ । सभामुखले बोलाएको सर्वदलीय बैठकमा नजाने, प्रधानमन्त्रीले बोलाएको वैठकमा नजाने प्रवृतिले एमाले संवाद र वार्ताबाट भाग्न खोजेको बताउनुभयो ।
एमालले एकीकृत समाजवादीका १४ सासंसदलाई कारबाही गनुपर्ने माग राख्दै भदौ २६ गतेबाट निरन्तर संसद अवरुद्ध गर्दै आएको छ भने सभामुख र प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गर्दै आएको छ ।
प्रतिक्रिया