Pura Samachar

देशभर आंशिकदेखि सामान्य बदली बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

प्रकाशित: October 1, 2021

देशभर आंशिकदेखि सामान्य बदली बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । भारतको झारखण्ड  र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको महाशाखाको भनाइ छ ।

हाल मौसमको अवस्था 
हाल प्रदेश १,२ र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ।  प्रदेश १,२, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ।

शुक्रवार दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी  भूभगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया