Pura Samachar

सरकारले पूर्णता पाउन अझै केहि समय लाग्ने

प्रकाशित: October 2, 2021

सरकारले पूर्णता पाउन अझै केहि समय लाग्ने

काठमाडौं । वर्तमान सरकारले पूर्णता पाउन अझै केहि समय लाग्ने भएको छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरूको आन्तरिक विवादका कारण पूर्णता नपाएको मन्त्रिपरिषद् अझै केही समय विस्तार नहुने भएको हो । २५ सदस्यीय हुने मन्त्रिपरिषदमा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालको ८१ दिन वितिसक्दा पनि मन्त्रीपरिषद्ले पूर्णता पाउने सकेको छैन ।

गत आइतबार नै राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मंगलबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे गठबन्धनमा सहमति जुटेको थियो । तर, यही समयमा सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएर अस्पताल भर्ना भएपछि देउवाको मन्त्रिपरिषदलाई पूर्णता दिने काम तत्कालका लागि प्रभावित भएको हो ।

अध्यक्ष नेपाल अस्वस्थ हुँदा सत्ता गठबन्धनको बैठक बस्न नसकेकाले मन्त्रीपरिषद विस्तार हुन नसकेको नेताहरूको भनाई छ । माधव नेपालको स्वास्थ्य बाहेक सरकार विस्तारका लागि कुनै पनि कुरा बाधक नभएको गठबन्धन दलका नेताहरूको दाबी छ ।

प्रतिक्रिया