
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुरेली किरात संघ द्वारा जारी प्रेस विज्ञप्ति अनुसार आज दुई अक्टोबरका गांधी जयंतीको अवसरमा स्थानीय काङलातोंबी स्थित किरात श्मशान घाटको सरसफाई गरेर गाली जयंती पालन गर्दै सफाई अभियान चलाएको कुरा थाहा लागेको छ ।
संघका मूल सचिव श्री राजेन राई द्वारा जारी विज्ञप्ति अनुसार संघका लगभग चालीस जना सदस्यहरूले श्मशान घाटको बाहिर र भित्र पट्टीको घास काटियो ।यो सरसफाइ अभियान बिहान छहः बजेबाट सुरु भएर नौ बजे सकियो ।
गांधी जयंतीको अवसरमा राखिएको सरसफाइ अभियानको उद्देश्य स्वच्छ भारत मिशन र क्लीन इनभारोमेनंट फोर हेल्दी इंडिया रहेको छ ।संघले निकट भविष्यमा अन्य स्थानमा पनि सरसफाइ अभियान चलाउने कुरा विज्ञप्तिले प्रष्ट पारेको छ ।
स्मरण रहोस् प्रत्येक वर्ष मणिपुरेली किरात संघले दुई अक्टोबरको दिन सरसफाइ अभियानको संचालन गर्ने गर्छ ।
किरातहरूको एकमात्र संगठन रहे पनि मणिपुरमा खुबै सक्रिय रहेको छ ।यो एउटा इतिहास हो ।
प्रतिक्रिया