Pura Samachar

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रेक्टरको भूकम्प

प्रकाशित: October 3, 2021

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रेक्टरको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० पराकम्प गइसकेको छ ।

प्रतिक्रिया