
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकाको सभापतिका लागि आज मतदान हुँदैछ । आज बिहान ९ बजेबाट महानगर कार्यसमितिका सभापति १, उपसभापति २, सचिव २ र सहसचिव २ पदका लागि निर्वाचन हुने भएको हो ।
सभापतिमा संस्थापन पक्षबाट प्रगतिमान रञ्जित र इतर समूहबाट नीलकाजी शाक्य प्यानलसहित प्रतिस्पर्धामा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौला र नेता प्रकाशमान सिंह–गगन थापा पक्षबीच प्रतिस्पर्धा हुने भएको हो ।
देउवा पक्षका उम्मेदवार रञ्जितको पक्षमा उपसभापतिमा सुविरनाथ खनाल र भरत तन्दुकार, सचिवमा सम्झना भट्टराई र रमेश उप्रेती, सहसचिवमा इन्द्ररत्न बज्रचार्य र मुना सिटौला प्रतिस्पर्धामा छन् । त्यस्तै, सिंह पक्षका शाक्यको समूहबाट उपसभापतिमा सन्तकुमार महर्जन र सुशील ढकाल, सचिवमा सुसन वैद्य र पुरुषोत्तम खकुरेल, सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया