Pura Samachar

श्मशान घाटको सरसफाई

प्रकाशित: October 4, 2021

श्मशान घाटको सरसफाई

कोहिमा /मानव उत्थान सेवा समिति, हिन्दु कल्याण समिति, उतर पूर्वाञ्चल क्षेत्रीय नेपाली सेवा समिति, बिरूवा संघ एवं मित्र संघको संयुक्त तत्वावधानमा आज तीन अक्टोबर आइतबारको दिन कोहिमा स्थित श्मशान घाटको सरसफाई गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार सो सरसफाई अभियान बिहान सात बजेबाट आरंभ भएर एघार बजे समापन भएको थियो ।

 

 

 

 

 

सरसफाई कार्यक्रमको उद्देश्य स्वच्छ भारत मिशन एवं स्वच्छ पर्यावरणको लागि स्वस्थ भारत रहेको छ ।
यस सफाई अभियानमा पिउने पानीको व्यवस्था मानव उत्थान सेवा समिति कोहिमाले गरेको थियो भने चिया चमेनाको व्यवस्था भने हिन्दु कल्याण समितिले गरेको थियो ।
सफाई अभियानलाई संबोधन गर्दै हिन्दु कल्याण समितिका अध्यक्ष पवन लडडाजीले भने कि यो श्मशान घाटमा अब धेरै नै काम गर्नु बाकी छ ।यहाॅ पानीको लागि एउटा टेंकी बनाउनुपर्छ ।त्यसको लागि सबैकुरा भए पनि सबै व्यस्तताले गर्दा समयमा काम हुन सकेको छैन ।यसको लागि सबैले सहयोग गर्नु आवश्यक छ ।
मानव उत्थान सेवा समिति कोहिमाका अध्यक्ष काशीराज ज्ञवालीले भने कि आज संयुक्त रूपमा आयोजना गरिएको सफाई अभियान सफल भयो ।यसरी नै हामीहरू एकमुस्ट भएर अगाडि पनि काम गर्न पाऊँ ।
उतर पूर्वाञ्चल क्षेत्रीय नेपाली सेवा समितिका अध्यक्ष मणिराम आलेले भने कि हामीले यो श्मशान घाटको सुरक्षा र व्यवस्था राम्रो तरिकाले गर्नुपर्ने छ ।यसको लागि सबैले समयमा सहयोग गरेर निरंतर अगाडि बढ्नुपर्छ ।
सो अभियानमा लगभग पचास जना जति सबै संस्थाका सदस्यहरू उपस्थित थिए ।
स्मरण रहोस नागालैंडमा पहिलो पल्ट होला यसरी सबै संस्थाहरू एकमुस्ट भएर सरसफाई अभियान सञ्चालन गरेको ।जो एउटा आफैमा इतिहास हो ।

प्रतिक्रिया